Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नविल बैंकद्वारा ‘दिगो बैंकिङ’को सुरुवात, बिन धितो २५ लाख पाईंने

नविल बैंकद्वारा ‘दिगो बैंकिङ’को सुरुवात, बिन धितो २५ लाख पाईंने

काठमाडौं, १५ असार । नविल बैंक लिमिटेडले ‘दिगो बैंकिङ’ योजनाको सुरुवात गरेको छ । बैंकले शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)को सहकार्यमा उक्त योजनाको थालनी गरेको हो । योजनाको शुुभराम्भ बैंकका अध्यक्ष उपेन्द्र पौडेलले गरेका हुन् । योजना सञ्चालनका लागि नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सिटिईभिटीका सदस्य सचिव जीव नारायन काफ्ले हस्ताक्षर गरेका हुन् ।
बैंकले किसान कर्जा र नविल उद्यमशीलता कर्जा योजना ल्याएको हो । सिटिईभिटीबाट सिप सिकेकाहरुलाई आफ्नो व्यवसाय सञ्चालनका लागि सहयोग गर्नन यो योजना ल्याइएको बैकले जनाएको छ । यस योजना अन्तर्गत फर्म दर्ता गरेर व्यवसाय गर्नेलाई २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराईंने बताइएको छ ।

नविल उद्यमशील कर्जाअन्तर्गत १ लाखदेखि १ करोडसम्म ऋण उपलब्ध गराईंने बैंकले जनाएको छ । १ वर्षदेखि ८ वर्षसम्मका लागि उक्त ऋण उपलब्ध गराईने छ ।

बैंकका अध्यक्ष पौडेलले उक्त योजनाको शुुभराम्भ गर्र्दै यो योजनाले देशको वास्तविक अर्थतन्त्रमा सहयो पुुग्ने बताए । उनले यस योजनाअन्तर्ग बैंकले गाउँ गाउँमा गएर लगानी गर्ने बताए ।
सीटीइभिटीलाई साथमा लिएर अगाडि बढ्ने र वास्तविक अर्थतन्त्रमा सहयोग पुग्ने गरी काम गर्नका लागि दिगो बैंकिङको परिकल्पना गरिएको बताए ।

पहिलो पटक १७ वटा शाखाबाट सेवा सुचारु गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए । दिगो बैंकिङले साना उद्यमी मजवुत हुने उनको भनाई छ । आगामी दिनमा यस योजनालाई व्यापक बनाउँदै ल्यौजाने शाहले बताए ।

हाल नविल बैंकले ११९ वटा शाखाबाट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x