Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआइबिएल सहभागिता फण्डका लगानीकर्ताले लगानी २ गुणा बनाउँन सक्ने

एनआइबिएल सहभागिता फण्डका लगानीकर्ताले लगानी २ गुणा बनाउँन सक्ने

काठमाडौं, २० असार । एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्डअन्र्तगत संचालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)का लगानीकर्ताले आफ्नो लगानी २ गुण वृद्धि गर्नसक्ने योजना सार्वजनिक भएको छ । योजना सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपलक्षमा क्यापिटलले आफ्ना लगानीकर्ताहरुको लागि लगानी वृद्धि गर्ने सुवर्ण अवसर ल्याएको हो ।

यस योजनामा सहभागी भई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउन सक्ने कम्पनीले जनाएको छ । यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र लागु हुने बताइएको छ । यस योजनामा सहभागी हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्ने बताइएकोछ । यो योजना असार २० गते (आज) देखि असार २४ गतेसम्म लागु हुनेछ ।

यस योजनाको नतिजा सार्वजनिक साउन १५ गते गोला प्रथाद्वारा फेसबुक लाइभमार्फत गरिने बताइएको छ । योग्य सहभागीहरुबाट २० जना विजेता घोषणा गरिनेछ भने योजनाको नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x