आइतबार नेप्से परिसूचक घटेर बन्द, ५ अर्बको शेयर कारोबार
काठमाडौं, २० असार । साताको पहिलो दिन आइतबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५१ विन्दुमा रोकिएको हो ।
आज २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार कित्ता शेयर ५ अर्ब ५ करोड ३५ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज गुडवल फइनान्सको ऋणपत्रको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो ऋणपत्रको प्रतिइकाई मूल्य १०५ रुपैयाँले वृद्धि भएको छ । त्यस्तै ओरेन्टल होटल लिमिटेडको शेयरम मूल्य पनि ८.४७ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ७३० रुपैयाँ कायम भएको छ । ।
नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको २१ करोड ५७ लाख १६ हजार रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये ३ वटा समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक वृद्धि हुनेमा होटल्स तथा पर्यटनको २.३६ प्रतिशत, अन्य समूहको ०.६९ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.१ प्रतिशत रहेका छन् ।