Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बार्षिक २ अर्बको दुध तथा दुग्ध पदार्थ आयात

बार्षिक २ अर्बको दुध तथा दुग्ध पदार्थ आयात

काठमाडौं, १३ चैत । नेपाल कृषि प्रधान देश भएर पनि दुध तथा दुग्ध पदार्थमा अझै पनि आत्मानिर्भर हुन सकेको छैन् । अझै पनि बार्षिक रुपमा करिब २ अर्ब रुपैयाँको दुध तथा दुग्ध पदार्थ भारत तथा युरोपेली मुलुकहरुबाट आयात भईरहेको नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए । करिब ५ लाख किसान परिवार यस दुग्ध ब्यवसायमा आबद्ध रहेका छन् । नेपालमा ३ हजार ४ सय ४२ वटा डेरी उद्योगहरु पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयमा दर्ता भएपनि हाल सञ्चालनमा रहेका ठुला, मझौला र साना गरी करिब १५ सयको हाराहारीमा मात्र दैनिक सञ्चालनको संघका अध्यक्ष राजभण्डारीले बताए ।

नेपालमा बार्षिक रुपमा करिब १५ अर्ब रुपैंयाको दुध खपत हुदैं आएको राजभण्डारीले बताए । डेरी उद्योगमा ३५ प्रतिशत गाई र ६५ प्रतिशत भैसीको दुध संकलन भई प्रयोग हुदैं आएको र उत्पादन बार्षिक रुपमा १९ लाख मेट्रिक टन अर्थात ४ प्रतिशतले बढ्दै गएको भएतापनि जनसंख्या बृद्धि अनुपात तथा मागलाई हेर्दा अझै पर्याप्त नरहेको तर्क राखे । काठमाडौं उपत्यकामा मात्र दैनिक रुपमा ५ लाख लिटर दुध खपत हुने गरेको उनले बताए । नेपालका मुख्य शहरहरुमा दैनिक ४ करोड रुपैंयाँको दुध तथा दुग्ध पदार्थ खपत हुदैं आएको उनले जनाएको छ । दुधवाट दुग्ध पाउडर लगायत दही, मही, घ्यू ,चीज, छुर्पी, नैनी, चकलेट, पनिर लगायतका बस्तुहरु उत्पादन हुदै आएका छन् । नेपालमा उत्पादित गुणस्तरीय छुर्पी, चीज अमेरीका तथा युरोपियन मुलुकमा माग भई निर्यात समेत हुदैं आएको भण्डारीले बताए ।

नेपालमा उत्पादित दुध तथा दुग्धपदार्थ पर्याप्त नभएकाले भारत तथा युरोपपियन मुलकबाट दैनिक रुपमा आयातित ३० मेट्रिक टन मध्ये करिब ७० प्रतिशत भारतवाट मात्र आयात भइरहेको बताए भने बाँकी ३० प्रतिशत अन्य युरोपियन मुलुकवाट आयात भएको छ । आयातित पाउडर दुध निजि क्षेत्रमा ४० प्रतिशत र दुग्ध विकास संस्थानमा ६० प्रतिशत खपत भइरहेको राजभण्डारीले बताए । नेपालमा उत्पादित दुध तथा दुग्ध पदार्थले कुल ग्राहस्थ उत्पादनको ९ प्रतिशत योगदान पु¥याएको छ । दुग्ध ब्यावसायले शहरबाट बर्सेनि १५ अर्ब रुपैंया नगद गाँउमा पठाउदै आएको जानकारी दिए । दुध पकेटका जिल्लाहरु काभ्रे, ललितपुर, भक्तपुर, चितवन, नबलपरासी, बारा, इलाम, धनकुटा लगायतका थुपै जिल्ला रहेको बताए । १५ अर्व भन्दा बढी निजि क्षेत्रले लगानी गरीसकेको डेरी उद्योगमा १५ हजारले प्रत्यक्ष रोजगारी पाएको राजभण्डारीले बताए भने यस ब्यावसायमा युवाहरुलाई आकर्षित गर्न सरकारले युवामुखि कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । कृषकहरुलाई तालिम, दाना ब्यवस्थापन, दुध संकलन चिस्यान ब्यवस्थापन केन्द्र, उन्नत जात गाई तथा भैसी नश्ल ब्यवस्थापन गरेको खण्डमा दुधमा आत्मनिर्भर हुने सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x