Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बुधबार नेप्से परिसूचक झिनो अंकले वृद्धि, ५ अर्बको शेयर कारोबार

बुधबार नेप्से परिसूचक झिनो अंकले वृद्धि, ५ अर्बको शेयर कारोबार

काठमाडौं, ३० असार । बुधबार (आज) नेप्से परिसूचक झिनो अंकले वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक १.०१ अंकले वृद्धि भएर २८७२.०५ विन्दुमा रोकिएको छ । सेन्सेटिभ इन्डेक्स भने घटेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स ०.१४ अंकले घटेको छ ।

आज २१४ कम्पनकिो ४ करोड ४७ लाख ३६ हजार कित्ता शेयर ५ अर्ब ६५ करोड रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक कमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडका लागानीकार्ता रहेका छन् यो कम्पनीको शेयर मूल्य ८.१० प्रतिशतले वृद्धि भएर ४५४ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री गोर्खाज फाइनान्स लिमिटेडको भएको छ । यो कम्पनीको २९ करोड ४७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा होटल तथा पर्यटन समूह, हाइड्रोपावर समूह, वित्त समूह, म्युचुअल फण्ड समूह र लगानी समूहको परिसूचक वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x