Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि

लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि

काठमाडौं, ३० असार । सरकारले लामो दुरीमा चल्ने सवारीको भाडादर बढाएको छ । सरकारले असार २९ गतेदेखि नै लागु हुने गरी २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । ​

पेट्रोलियम पदार्थ र गाडीका पार्ट पूर्जाको मूल्यवृद्धिलाई मूख्य आधार बनाएर तीन स्तरमा भाडा बढाइएको हो ।

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको बताइएको छ ।

जसमा सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतसम्म भाडा वृद्धि गगरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x