Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, ८ अर्ब भन्दा बढीको शेयर कारोबार

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, ८ अर्ब भन्दा बढीको शेयर कारोबार

काठमाडौं, ३१ असार । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । गत कारोबार दिन झिनो अंकले वृद्धि भएको परिसूचक आज ११.३३ अंकले वृद्धि भएर २८८३ अंकमा बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.९३ अंकले वृद्धि भएर बन्द भएको छ ।

२२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर ८ अर्ब १४ करोड रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये ७ वटा समूहको परिसूच वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक घट्नेमा होटल तथा पर्यटन समूह १.४ प्रतिशत, विकास बैंक समूह ०.३ प्रतिशत, उत्पादन तथा प्रशोधक समूह ०.१ प्रतिशत, अन्य समूह ०.३७ प्रतिशत, जीवन बीमा समूह ०.२५ प्रतिशत र लगानी समूह ०.०१ प्रतिशत रहेका छन् ।

आज सर्वाधिक शेयर मूल्य वृद्धि हुनेमा न्याग्दि ग्रुप पावर लिमिटेड रहेको छ । यो कम्पनीको शेयर ९.४० प्रतिशतले वृद्धि भएर ५७० रुपैयाँ कायम भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद बिक्री गोर्खाज फाइनान्स लिमिटेडको भएको छ । यो कम्पनीको ३६ करोड ७० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x