Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दुई वाणिज्य बैंक प्रमुख कार्यकारी अधिकृत बिहीन, कसले पाउँला जिम्मेवारी ?

दुई वाणिज्य बैंक प्रमुख कार्यकारी अधिकृत बिहीन, कसले पाउँला जिम्मेवारी ?

काठमाडौं, ३१ असार । मुलुकको दुई वाणिज्य बैंक प्रमुख कार्यकारी अधिकृत (सिईओ) बिहीन भएको छ। आफ्नो ९ महिने कार्यकाल बाँकी छदै सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम असार २१ गतेदेखि बैंकबाट बिदा भए ।

यस्तै कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले पनि चार वर्षे कार्यकाल पूरा गरेर आज पदबाट राजीनामा गरेका छन् । भण्डारी २०७४ साउन १ गते बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । बैंकको अब बस्ने संचालक समिति बैठकले सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिम्सिनालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने छ ।

सेञ्चुरी बैंकले हिजो मात्र मनोज न्यौपानेलाई साउन १ देखि लागु हुनेगरी कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

नयाँ आर्थिक वर्ष सुरु हुन लागेको र कोरोनाले प्रभावित अर्थतन्त्र समेत विस्तारै लयमा फर्कन थालेकाले यी दुबै बैंकका संचालकहरु छिटो सिईओ नियुक्त गर्ने मनसायमा छन् । बैंक भित्रैकालाई सिईओको जिम्मेवारी दिने वा अनुभवी अनुहारलाई बैंक भित्र्याउने भन्नेमा दुबै बैंकका संचालकहरु छलफलमा रहेको बताइएको छ। कोरोनाले अर्थतन्त्र प्रभावित हुँदा त्यसको सिधा असर बैंकहरुमा परेको छ । जसको कारण गतवर्षदेखि बैंकहरुको व्यवसायमा उत्साहजनक वृद्धि छैन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x