Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

उद्योग संगठन मोरङद्वारा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम सुरु

उद्योग संगठन मोरङद्वारा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम सुरु

विराटनगर , १ साउन । उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ गरेको छ । संगठनले नविन व्यवसायिक सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवाहरु, वित्तिय एवं अन्य लगानीको पहुँचका लागी सहजिकरण तथा समन्वय गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरेके हो ।

संगठनका अध्यक्ष सुयश प्याकुरेलले युवाहरुको नविनतम सोच र अवधारणालाई व्यवसायमा परिणत गर्दै व्यवसायीक क्षेत्रको ईको सिस्टम विकास गर्ने अभिप्रायका साथ संगठनले महत्वकांक्षी योजनाका रुपमा स्र्टाटअप तथा ईनोभेशन कार्यक्रमलाई प्रारम्भ गरेको वताए । उनले संचालनमा रहेका उद्योग÷व्यवसाय प्रवद्र्धनका साथै नया उद्यमीको विकास गर्नुपर्ने सामाजिक उत्तरदायित्व समेत संगठनको रहेको वताउदै यस कार्यक्रमलाई सफल वनाउन सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका सम्वन्धमा थप प्रकाश पार्दै स्र्टाटअप एण्ड इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले अठार महिना अवधी रहने कार्यक्रममा प्रदेश नं १ भित्रका नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका बढिमा २ बर्ष अघि देखि सञ्चालनमा रहेका) शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्ने बताए ।

नमुना कार्यक्रमका रुपमा कार्यान्वयन गरिन लागेको यो कार्यक्रममा पहिलो चरणमा २० वटा स्टार्टअप व्यवसायको छनौट गरि निःशुल्क सेवा उपलब्ध गराइने छ । कार्यक्रम अन्तरगत छनौट भएका स्टार्टअप व्यवसायहरुलाई व्यवसायीक योजना तर्जुमा, वित्तिय व्यवस्थापन, व्यवसाय दर्ता, कानूनी परामर्श, प्रशासनिक परामर्श, वजार व्यवस्थापन तथा ब्राण्डिङ, लेखा व्यवस्थापन, कर प्रशासन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायतका व्यवस्थापकिय बिषयहरुका साथै व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, उद्योगी व्यवसायी, लगानीकर्ता र वितरकहरुसंग नेटवर्क तथा सञ्जालीकरण, वित्तिय पहुँचका लागी लगानीकर्ता, बैंक तथा वित्तिय संस्थाहरुसंग समन्वय एवं सहजिकरण र बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी बिषयमा परामर्श सेवा उपलब्ध गराइने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x