Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

यूनाइटेड इन्स्योरेन्स कम्पनी पनि अर्ब क्लबमा प्रवेश

यूनाइटेड इन्स्योरेन्स कम्पनी पनि अर्ब क्लबमा प्रवेश

काठमाडौं, १ साउन । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) अर्ब रुपैयाँ माथिको बीमा शुल्क आर्जन गरी अर्ब क्लवमा प्रवेश गरेको छ। कोरोना महामारीको विषम परिस्थितिमा यूनाइटेडले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको हो ।

कम्पनीको संचालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वको पहिलो वर्षमा नै व्यवस्थापन लगायत कर्मठ कर्मचारीहरुको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा ६९ करोड बीमा शुल्क आर्जनकोमा यस आर्थिक वर्षको बीमा शुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको बताइएको छ ।

कम्पनीको सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखाविस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँबजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलापमार्फत यो सफलता हासिल गर्न सफल भएको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x