अजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच शेयर रजिष्ट्रारको सम्झौता

काठमाडौं, ४ साउन । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच शेयर रजिष्ट्रार सेवाको सम्झौता भएको छ। आइतवार प्रधानकार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
हाल कम्पनीले प्रधान कार्यालयसहित सातै प्रदेशमा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय सहित ५७ वटा संजाल मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ।
कोरोना संकटकाबीच पनि कम्पनीले हालसम्म १ लाख २० हजार बढी बीमालेख जारी गरी १ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै ५८ करोड रुपैयाँ भन्दा बढी दाबी भुक्तानी गरेको छ। त्यसमा १३ करोड रुपैयाँ कोरोना बीमाको दाबी भुक्तानी छ ।