Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

गत आर्थिक वर्षमा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफामा वृद्धि

गत आर्थिक वर्षमा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफामा वृद्धि

काठमाडौं, ४ साउन । गतआर्थिक वर्ष २०७७–७८ मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १३ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । खुद ब्याज आम्दानी १८.१० प्रतिशतले बढेर २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा पनि ५.२८ प्रतिशतले बढेर २२ करोड ५१ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानी १ रुपैयाँ ३१ पैसाले घटेर १६ रुपैयाँ १४ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९५ पैसा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x