Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

रसुवागढी नाकाबाट १८ अर्बभन्दा बढीको वस्तु आयात, ५७ प्रतिशतले खुम्चियो राजस्व संकलन

रसुवागढी नाकाबाट १८ अर्बभन्दा बढीको वस्तु आयात, ५७ प्रतिशतले खुम्चियो राजस्व संकलन

रसुवा, ७ साउन । नेपालको उत्तरीनाका रसुवागढीबाट गत आव २०७७÷७८ मा रु १८ अर्ब ३४ करोडभन्दा बढीको मालवस्तु आयात भएको छ । रसुवा भन्सार कार्यालयका अनुसार एक वर्षमा अवधिमा सो नाकाबाट कुल १८ अर्ब ३४ करोड ५४ लाख ६१ हजार रुपैयाँ बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको हो ।

प्राप्त मालसामग्रीको मापदण्डअनुरूप मूल्यांकनबाट भन्सार, अन्तःशुल्कका साथै मूल्य अभिवृद्धि करसमेतका तीन शीर्षकबाट गत आवमा ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार असुली भई सो रकम राज्य कोषमा दाखिला भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिएका छन्, जुन अघिल्लो आवको तुलनामा ५७ प्रतिशतले कम हो ।

अघिल्लो आवमा ८ अर्ब २७ करोड ४५ लाख राजस्व असुली भएकोमा गत आवमा सामानको आयात परिमाण न्यून हँुदा भन्सार शुल्कबाट उठ्ने राजस्वमा कमी आएको भन्सार कार्यालयले बताएको छ । यसरी राजस्व घट्नुको मुख्य बाधक भने दोस्रो लहरको कोभिड संक्रमण रहेको छ ।

रोग नियन्त्रणका लागि पहिलो चरणदेखिनै नेपाल–चीनबीचको रसुवागढीस्थित लेहेन्देखोला मितेरी पुलबाट केरुङका लागि सवारी साधनका साथै मानिसको आवागमनसमेत बन्द भई सामग्री आयातमा कमी भएका कारण राजस्व असुलीमा कमी आएको भन्सारका कर्मचारी बताउँछन् । उक्त भन्सार नाकाबाट सामान्य अवस्थमा दैनिक ५० कन्टेनरभन्दा बढी माल सामग्री आयात हुने नाकामा अहिले १५ कन्टेनर मात्र आयात भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x