Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

यती र तारा एयरलाइन्ससँगको सहकार्यमा एयरपोर्ट गेटमा ट्राफिक लाइट जडान

यती र तारा एयरलाइन्ससँगको सहकार्यमा एयरपोर्ट गेटमा ट्राफिक लाइट जडान

काठमाडौं, ७ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमाएयरपोर्ट स्थित गोल्डेन गेटमानयाँ ट्राफिक लाईटजडान गरी आजदेखि सञ्चालनमा आएको छ ।

ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रा.ली.सँग सहकार्य गरि नयाँ जडान गरिएको ट्राफिक लाईटको आजै एक कार्यक्रमका वीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन ।

एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडानलाई तीव्रता दिएको बताए ।

यस्तै एयरलाईन्सका प्रशासन निर्देशक अञ्जन बडगामीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडकप्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए ।

कामनपा वडा नं ९ का वडा सदस्य टेकराज अधिकारीले ट्राफिक लाईटको जडान र प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । पछिल्लो समय प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडान कार्यमा महाशाखालेखेलेको महत्वपुर्ण भुमिकाको प्रशंसा गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x