Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुला

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं, ७ साउन । मुक्तिनाथ विकास बैंकको एक अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले आजदेखि ७ वर्षे ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर ऋणपत्र’ नामक ऋणपत्रको बिक्री खुला भएको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको १२ लाख ५० हजार कित्ता ऋणपत्र जारी गरेको हो । यसमा वार्षिक ८.७५ प्रतिशत ब्याज पाइने छ । निष्काशित ऋणपत्रमध्ये ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तबरबाट र ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने छ । सर्वसाधारणलाई बिक्री गरिने मध्ये ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाई जसमध्ये १ हजार ५०० कित्ता ऋणपत्र बाँडफाँड पनि भईसकेको बैंकले जानकारी दिएको छ।

सो ऋणपत्र खरिदका लागि इच्छुकले छिटोमा साउन ११ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २१ गतेसम्म बिक्री खुला रहने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x