Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल चयन

उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल चयन

काठमाडौं, ७ साउन । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल चयन भएका छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन ।

उनी यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष थिए । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य समेत चयन गरेको छ । राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाणकुमार चौधरी, बिक्रम सिंघानिया, दीलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन्।

यसैगरी प्रतिष्ठान तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन्।

संस्थागत सदस्य समूह तर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्त बहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x