Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

बीमा व्यवसायमा उत्साहजनक वृद्धि, जीवन तथा निर्जीवनतर्फ औसत २२% ले बढ्यो बीमाशुल्क

बीमा व्यवसायमा उत्साहजनक वृद्धि, जीवन तथा निर्जीवनतर्फ औसत २२% ले बढ्यो बीमाशुल्क

काठमाडौं, ७ साउन । गत आर्थिक वर्ष २०७७÷७८ मा बीमा व्यवसायमा उत्साहजनक वृद्धि भएको छ । बीमा समितिका अनुसार सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूले उपलब्ध गराएको तथ्यांक अनुसार गत आवमा कुल बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि भएको पाइएको छ ।

गत आवमा जीवन बीमा कम्पनीहरूबाट १ खर्ब २० अर्ब ५५ करोड २३ लाख र निजीवन बीमा कम्पनीहरूबाट ३० अर्ब ९० करोड ६८ लाख गरी कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा जीवन बीमातर्फको कुल बीमा शुल्कमा २८.७१ प्रतिशत र निजीवन बीमातर्फको कुल बीमाशुल्कमा १५.३५ प्रतिशतले वृद्धि भएको छ, जुन औसतमा २२.०६ प्रतिशतको वृद्धि हो ।

यसैगरी, गत आवमा जीवन बीमातर्फ १५ हजार ९६४ वटा बीमालेखको २ अर्ब २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४४० वटा बीमालेखको २० अर्ब १४ करोड ५१ लाख रुपैयाँ बीमा मागदाबीको भुक्तानी दिन बाँकी रहेको तथ्यांक बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

समितिका अनुसार गत आर्थिक वर्षमा जीवन बीमातर्फ रू. ९ अर्ब ८८ करोड १४ लाख बराबरका ६३ हजार ३३१ बटा बीमालेख व्यतीत (सरेन्डर) भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x