Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

‘सरकारले कोभिड प्रभावित उद्योग उद्योग व्यवसाय उकास्न राहत प्याकेज ल्याउने’

‘सरकारले कोभिड प्रभावित उद्योग उद्योग व्यवसाय उकास्न राहत प्याकेज ल्याउने’

काठमाडौं, ७ साउन । सरकारले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायका लागि राहत ‘प्याकेज’ ल्याउने भएको छ । नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभाको उदटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो घोषणा गरेका हुन् ।

निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको उनको भनाइ छ । सबै नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट गर्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए ।

अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध कोभिडको महामारीले गराएको विचार व्यक्त गर्दै परिसंघको ‘मेक इन नेपाल–स्वदेशी’ उत्पादन प्रवद्र्धन अभियानको सराहना गरे । महामारीका कारण थलिएको अर्थतन्त्रलाई उजिल्याउन निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्ने दृढता उनले व्यक्त गरे । निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सरकारले सघाउने उनको भनाइ थियो ।

परिसंघका संस्थापक अध्यक्ष विनोदकुमार चौधरीले विद्वत् समूहकोे रुपमा परिसंघले काम गरिरहेकामा कृतज्ञता व्यक्त गर्दै प्रजातन्त्रको अभ्युदयसँगै नेपाली कांग्रेस नेतृत्वको सरकारले प्रारम्भ गरिएका आर्थिक सुधारका कार्यक्रममले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजस्व परिचालनमा योगदान भएको बताए । बदलिएको वर्तमान परिवेशमा अब दोस्रो चरणका सुधारका कार्यक्रमम आउनुपर्नेमा उनले जोड दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x