Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

मुलुकको वेदेशिक व्यापार १६ खर्ब ८० अर्ब, ४४ प्रतिशतले बढ्यो निर्यात

मुलुकको वेदेशिक व्यापार १६ खर्ब ८० अर्ब, ४४ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं, ९ साउन । गत आर्थिक वर्ष २०७७÷७८ मा मुलुकको वैदेशिक व्यापार १६ खर्ब ८० अर्बभन्दा बढी पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवमा कुल १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

सो अवधिमा नेपालले १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ, जुन कुल वैदेशिक व्यापारको ९१.६० प्रतिशत हो । गत अघिल्लो आवको तुलनामा आयात २८.६६ प्रतिशतले बढेको छ ।

गत आवमा निर्यात समेत उत्साहजनक रूपमा बढेको छ । सो अवधिमा नेपालबाट १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो आवको तुलनामा ४४.४३ प्रतिशतले बढी हो । कुल वैदेशिक व्यापारमा निर्यातको योगदान ८.४० प्रतिशत रहेको छ ।

एक वर्षमा भएको आयात र निर्यातले तथ्यांकले नेपालको वैदेशिक व्यापार घाटा समेत डरलाग्दो रुपमा बढेको देखिएको छ । सो अवधिमा नेपालको कुल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँ बराबरको रहेको छ । दैनिक उपयोग्य वस्तुदेखि अधिकांश वस्तुका लागि आयातमा निर्भर रहनुपर्दा नेपालको वैदेशिक व्यापार घाटा वर्षेनि बढ्दै गएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *