विश्व तथ्यांकमा कोभिड : १९ करोड २५ लाख पुगे संक्रमित, ४१ लाख ३५ हजारको मृत्यु

काठमाडौं, ९ साउन । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस शुरू भएयता हालसम्म संक्रमित हुनेको संख्या १९ करोड २५ लाख ७५ हजार नाघेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोभिड संक्रमणबाट विश्वभर ४१ लाख ३५ हजार भन्दाजनाको मृत्यु भएको छ ।

विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर हालसम्म ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोभिडको सबैभन्दा बढी डोज खोप लगाउने मुलुकको अग्रस्थानमा चीन रहेको छ, जहाँ १ अर्ब ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । यस्तै भारतमा ४२ करोड ३४ लाख १७ हजार, अमेरिकामा ३३ करोड ८७ लाख ३८ हजार, ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार, जर्मनीमा ८ करोड ७८ लाख ७३ हजार र बेलायतमा ८ करोड ३७ लाख २२ हजार ५१४ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *