Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

उद्योग क्षेत्रमा १५ प्रतिशतले घट्यो विदेशी लगानी प्रतिबद्धता

उद्योग क्षेत्रमा १५ प्रतिशतले घट्यो विदेशी लगानी प्रतिबद्धता

काठमाडौं, ११ साउन । कोरोना माहामारीका कारण गत आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा उद्योग क्षेत्रमा गरिएको विदेशी लगानी प्रतिबद्धता घटेको छ । गत आवमा लगानी रकमसँगै उद्योेगको संख्यामा समेत कमी आएको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा विदेशी लगानी प्रतिबद्धता गरिएका उद्योगको संख्या ४० ओटा र लगानी ५ अर्ब ७८ करोड बराबरको कम रहेको छ । अघिल्लो आवमा २२३ उद्योगका लागि ३७ अर्ब ८० करोड बराबरको लगानी प्रतिबद्धता आएकोमा गत आवमा १८३ उद्योगका लागि ३२ अर्ब २ करोड रुपैयाँ बराबरको मात्र प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ, जु्न अघिल्लो आवको तुलनामा १५.३ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै उद्योगमा लगानीको प्रतिबद्धता आएको छ । यस क्षेत्रमा १०१ उद्योगका लागि १८ अर्ब ३१ करोड बराबरको प्रतिबद्धता आएकोे हो । यस्तै, कृषि क्षेत्रमा तीन उद्योगका लागि ५२ करोड ९० लाख, ऊर्जामा चार उद्योगका लागि १ अर्ब ५४ करोड, सूचना प्रविधिसँग सम्बन्धित १५ उद्योगका लागि २ अर्ब ९५ करोड, उत्पादनमूलक १९ उद्योगका लागि २ अर्ब ८६ करोड र ४१ सेवामूलक उद्योगका लागि ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x