Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर विक्रीमा

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर विक्रीमा

काठमाडौं, ११ साउन । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

फाइनान्सले संस्थापक समूहको १२ हजार ५८७ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि लगानीकर्ताले साउन १४ गतेदेखि भदौ ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ।

सो शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। सो शेयरमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्ने छैन। सो शेयरमा एनआईबिएल एस क्यापिटल लिमिटेडबाट आवेदन दिन सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x