Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अलटाईम हाईलाई निरन्तरता दिँदै नेप्से, १५ अर्बभन्दा बढीको शेयर कारोबार

अलटाईम हाईलाई निरन्तरता दिँदै नेप्से, १५ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं, १२ साउन । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । गत कारोबार दिन ८ अंकले करेक्सन भएर बन्द भएको परिसूचक मंगलबार भने हालसम्मकै उच्च विन्दु ३०७९.६७ मा पुगेर बन्द भएको छ ।

आज परिसूचन २९.२४ अंकले वृद्धि भएरको छ । त्यस्तै कारोबार रकम पनि वृद्धि भएको छ । हिजो १४ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा आज १ अर्ब रुपैयाँभन्दा बढीले करोबार रकम वृद्धि भएको हो । आज २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार कित्ता शेयर १५ अर्ब १७ करोड रुपैयाँमा खरिद विक्री भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ४ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि उत्पादन तथा प्रशोधन समूहको भएको छ । यो समूहको ४.७४ प्रतिशतले परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा बैंकिङ समूह ०.१७ प्रतिशत उद्योग समूह ०.०६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५१ प्रतिशत र लघुवित्त समूह २.०६ प्रतिशतले घटेको छ ।
आज ६ वटा कम्पनीको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ । १० प्रतिशतले शेयर मूल्य वृद्धि हुनेमा मल्टिप्रपोज फइनान्स कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेड रहेका छन् ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यो कम्पनीको ४९ करोड १५ लाख ५० हजार रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १०५४ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x