जनसंख्याभन्दा ३० प्रतिशत बढी पुग्यो फोनको पहुँच, ९१ प्रतिशतमा ब्रोडब्याण्ड इन्टरनेट

काठमाडौं, १२ साउन । मुलुकमा फोन (फिक्स्ड, मोबाइल, अन्य)को पहुँच जनसंख्याको १३०.७५ प्रतिशतमा पुगेको छ भने ब्रोडब्याण्ड इन्टरनेट सेवा ९१.६५ प्रतिशतमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको गत जेठसम्मको एमआईएस प्रतिवेदनले यस्तो देखाएको हो ।

प्राधिकरणका अनुसार फोनको कुल पहुँचमा मोबाइल फोनको हिस्सा सबैभन्दा धेरै अर्थात् १२८ प्रतिशत रहेको छ । यस्तै फिक्स्ड टेलिफोनको हिस्सा करीब ३ प्रतिशत र अन्य फोनको हिस्सा ०.०१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा मोबाइल ब्रोडब्याण्डको हिस्सा सबैभन्दा बढी रहेको छ । सो अवधिमा यसको योगदान जनसंख्याको ६५.६८ प्रतिशत रहेको छ । यस्तै तारमार्फत हुने फिक्स्ड ब्रोडब्याण्डको हिस्सा २५.२७ र ताररहित फिक्स्ड ब्रोडब्याण्डको योगदान ०.७१ प्रतिशत रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *