Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

५०६ उद्योगलाई निर्यातमा १ अर्ब २८ करोड अनुदान

५०६ उद्योगलाई निर्यातमा १ अर्ब २८ करोड अनुदान

काठमाडौं, २१ साउन । गत आर्थिक वर्ष २०७७÷७८ मा मुलुकका ५०६ उद्योगलाई निर्यातमा १ खर्ब २८ करोड ५० लाख रुपैयाँ अनुदान रकमका लागि सिफारिश गरिएको छ । उद्योग विभागबाट एक वर्ष अवधिमा उक्त संख्याका उद्योग निर्यातमा नगद अनुदानका लागि सिफारिश भएका हुन् ।

गत आर्थिक वर्षमा निर्यातमा सिफारिस गरिएको नगद अनुदान र उद्योग संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा धेरै हो । विभागले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा कुल ३९० उद्योगका लागि ९० करोड रुपैयाँ अनुदान रिफारिस गरेको थियो ।

विभागका अनुसार गत आर्थिक वर्षमा ३ वटा प्याटेन्ट दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षमा शून्य थियो । सो अवधिमा ट्रेडमार्क दर्ता भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ हजार ६३ ट्रेडमार्क दर्ता भएकोमा गत आर्थिक वर्षमा २ हजार ४०३ वटा मात्र दर्ता भएका छन् ।

यसैगरी गत आवमा ६१ वटा उद्योगलाई ‘ओरिजिन अफ सर्टिफिकेट’ जारी भएका छन्, जुन अघिल्लो आवमा ६५ वटा थियो । साथै सो अवधिमा ५३६ वटा एक्जिम कोड सिफारिश भएको विभागको तथ्यांकले देखाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x