Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

४० अर्ब रुपैयाँको निक्षेप उपकरण जारी गर्दै राष्ट्र बैंक

४० अर्ब रुपैयाँको निक्षेप उपकरण जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २१ साउन । बैंकिङ प्रणालीमा तरलता कायम राख्न नेपाल राष्ट्र बैंकले आज रू. ४० अर्ब बराबरको निक्षेप उपकरण निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले एक हप्ता अवधिको उक्त निक्षेप उपकरण आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत बोलकबोल गर्न लागेको हो, जसको साँवा तथा ब्याज भु्क्तानी यही साउन २८ गते हुनेछ ।

बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने उक्त निक्षेप उपकरणमा घटीमा ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने रकमसम्म आह्वान गर्न सकिनेछ । केन्द्रीय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोगक गर्न सकिने सो निक्षेप उपकरणको बोलकबोल बहुब्याजदर प्रणालीमा पनि गर्न पाइनेछ ।

उक्त रकम बराबरको निक्षेप उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन सक्ने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x