Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल राष्ट्र बैंकको सञ्चालकमा मरासिनी, पद तथा गोपनीयताको शपथ लिए

नेपाल राष्ट्र बैंकको सञ्चालकमा मरासिनी, पद तथा गोपनीयताको शपथ लिए

काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त भएका छन् । सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा बुधवार उनी नियुक्त भएका हुन् ।

मरासिनीले सर्वोच्च अदालतका तेजबहादुर केसीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि तत्कालीन अर्थ सचिव शिशिरकुमार ढुंगाना राष्ट्र बैंकको सञ्चालक थिए । ढुंगानाको अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थसचिवको रुपमा सञ्चालक बनेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x