कपलिवस्तुको तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर संचालनमा
काठमाडौं, २२ साउन । सिभिल बैंकले कपिलवस्तुको तौलिहवावडा नं ०१, करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको आन्तरिक राजस्व कार्यालय, कपिलवस्तु कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरे ।
सेवाग्राहीहरुले राजस्व विभागसँग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत दिनसक्ने छन् । करिव छ लाख ग्राहकहरु रहेको यस बैंकले हालसम्म १ सय १५ शाखा, १० एक्सटेन्सन काउन्टर मार्फत वित्तीय सेवा दिदै आएको छ ।