Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सन्राइज बैंकद्वारा कैलाली र नुवाकोटमा शाखारहित बैंकिङ सेवा विस्तार

सन्राइज बैंकद्वारा कैलाली र नुवाकोटमा शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं, २९ साउन । सन्राइज बैंकले सुदुरपश्चिम प्रदेशको कैलालीको चुरे गाउँपालिका वडा नं. ५, खानीडाँडामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । योसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ८४ पुगेको छ ।

यसै साता बैंकले बाग्मती प्रदेश, नुवाकोटको विदुर नगरपालिका वडा नं.१२ गौरीबेशीमा पनि शाखारहित बैंकिङ सेवा थालनी गरेको थियो ।

शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायतका सेवाहरु उपयोग गर्न सकिने बैंकले जनाएको छ । हाल बैंकको कुल शाखा संख्या १ सय ३९ वटा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x