ग्लोबल आइएमई बैंकका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीद्वारा पदभार ग्रहण

काठमाडौं, २ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मंगलबार पदभार ग्रहण गरेका छन् । साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको थियो ।
तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।