Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

विकास बैंकहरुलाई सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय गर्नदिन आग्रह

विकास बैंकहरुलाई सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय गर्नदिन आग्रह

काठमाडौं, २ भदौ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालले विकास बैंकहरुलाई पनि सहायक कम्पीमार्फत धितोपत्र व्यवसाय गर्नदिन आग्रह गरेको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्पmत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ भन्ने व्यवस्था गरेको भन्दै सोही अनुसार विकास बैंकहरुलाई पनि सहायक कम्पनीमार्फट धितोपत्र कारोबार गर्न दिन अनुरोध गरेको हो ।

प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ बर्गका बैंक वा विशेष ऐन द्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ” भन्ने व्यवस्था भए अनुसार बिकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिनका लागि नेपाल धितोपत्र वोर्डलाई पत्र लेखिसकेका छन् ।

हाल राष्ट्रिय स्तरका विकास बैंकहरुको औंषत चुक्ता पूँजी ३ अर्व ४० करोड रुपैंयाँ नाघि सकेको बताइको छ । त्यस्तैगरी बिकास बैंकहरुले १ हजार बढी शाखाबाट करिव ४१ लाख खातावालाहरुलाई बैंकिङ् सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् । त्यस्तैगरी, २०७८ असार मसान्त सम्ममा ४४५ अर्व रुपैंयाँ निक्षेप परिचालन गरी ३ खर्ब ८३ अर्व रुपैंयाँ कर्जा प्रवाह गरेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *