Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

आवको पहिलो महिना ८ प्रतिशत राजस्व संकलन, बजेट खर्च करिब ९ प्रतिशत

आवको पहिलो महिना ८ प्रतिशत राजस्व संकलन, बजेट खर्च करिब ९ प्रतिशत

काठमाडौं, २ भदौ । चालू आर्थिक वर्ष २०७८÷९९ को पहिलो एक महिना (साउन)मा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको ८ प्रतिशत हासिल भएको छ । यस्तै बजेट खर्च कार्यान्वयन ९ प्रतिशत नजिक पुगेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।

यसअघिको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमार्फत ११ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य राखेको साउन मसान्तसम्ममा ९३ अर्ब २६ करोड रुपैयाँ संकलन भएको हो । उक्त अवधिमा कर राजस्वतर्फ ७६ अर्ब ८० करोड र गैरकर राजस्वतर्फ १७ अर्ब ७ करोड रुपैयाँ असुली भएको छ, जुन निर्धारित लक्ष्यको क्रमशः ७.३४ प्रतिशत र १५.०४ प्रतिशत हो ।

सोही अवधिमा सरकारको बजेट खर्च प्रगति भने ८.७२ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा आवको पहिलो एक महिनामा १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको हो । यसमध्ये चालूतर्फ ९ अर्ब ५५ करोड र पूँजीगततर्फ ९३ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x