Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

शेयर बजार ३२०० नजिक पुगेर बन्द, २१ अर्ब ३१ करोड रुपैयाँको कारोबार

शेयर बजार ३२०० नजिक पुगेर बन्द, २१ अर्ब ३१ करोड रुपैयाँको कारोबार

काठमाडौं, २ भदौ । बुधबार नेप्से परिसूचक ३७.८७ अंकले वृद्धि भएर बन्द भएको छ । नेप्से परिसूचक आज ३१९८.१९ विन्दुमा पुगेर बन्द भएको छ ।

आज २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार कित्ता शेयर २१ अर्ब ३१ करोड १३ लाख रुपैयाँमा खरिद विक्री भएको छ । गत आइतबार हालसम्मकै सर्वाधिक मूल्यको शेयर कारोबार भएको थियो । उक्त दिन २१ अर्ब ६४ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
त्यस्तै आज कारोबारमा आएका १३ समूहमध्ये २ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि विकास बैंक समूह, फाइनान्स समूह र उत्पादन तथा प्रशोधन समूहको भएको छ । आज उद्योग ०.४ प्रतिशत र म्यूचुअल फण्ड समूहको परिसूचक १.३९ प्रतिशतले घटेको छ ।

आज ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने ५ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ७८ करोड ८७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य ४९८ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *