Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नेप्से परिसूचक १८.१७ अंकले घट्यो, २० अर्बभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचक १८.१७ अंकले घट्यो, २० अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं, ३ भदौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १८.१७ अंकले घटेर बन्द भएको छ । लगातार उकालो लगेको परिसूचक आज दोहोरो अंकले करेकसन आएको हो । आज नेप्से परिसूचक ३१८० विन्दुमा रोकिएको छ ।

२२९ कम्पनीको ३ करोड ९ लाख १२ हजार कित्ता शेयर २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै नेपाल हाइड्रो इलेक्टीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, खानिखोला हाइड्रोपावर लिमिटेड र पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री अरुण काबेली पावर लिमिटेडको भएको छ । यो कम्पनीको १ अर्ब १६ करोड ७८ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । त्यस्तै अरुण भ्याल्ली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको पनि सर्वाधिक मूल्यको शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x