‘२०२१ सालको दोस्रो त्रैमासिकमा शाओमी नेपालको नम्बर एक स्मार्टफोन कम्पनी’

काठमाडौं, १२ भदौ । शाओमीले बजार अनुसन्धान फर्म आईडीसीको विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्राकरको दोस्रो त्रैमासिक २०२१ को विवरणअनुसार नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको छ। सन् २०२१ को दोस्रो त्रैमासिकमा ३८।९ प्रतिशतको बजार सेयरको युनिट सिपमेन्टका साथ शाओमीले २०२० को तेस्रो त्रैमासिकदेखि शीर्ष स्थान कायम गर्न सफल भएको हो।
दोस्रो त्रैमासिक २०२१ को मोबाइल फोन ट्राकरअनुसार शाओमीले बजारमा सामसङ, भिभो र टेक्नोको कुलभन्दा धेरै हिस्सा ओगटेको छ। सन् २०२१ को दोस्रो त्रैमासिकमा शीर्ष सात स्मार्टफोनमध्ये शाओमी कम्पनीको ६ वटा स्मार्टफोन रहेको थियो।
शाओमी मी ११, मी ११ एक्स प्रो, रेड मी के २० सिरिज, पोको एफ ३ आदि जस्ता मूल्य क्षेत्रहरुमा धेरै उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। शाओमीले मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदि सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।
यसको अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताएका छन् । नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै शाओमीले देशभरिमा दुई हजारभन्दा धेरै अफलाइन पार्टनर स्टोर र छ सयभन्दा धेरै मी प्रिफर्ड पार्टनर स्टोरहरुलाई स्थापित गरेको कम्पनीले जनाएको छ।