Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अतिरिक्त शिक्षाको डिजिटल एकेडेमी ब्याम्बिनोस डट लाइभ नेपालमा सुरु

अतिरिक्त शिक्षाको डिजिटल एकेडेमी ब्याम्बिनोस डट लाइभ नेपालमा सुरु

काठमाडौं, १२ भदौ । एक्सप्लोरर विङ्ग्स प्रालिले ब्याम्बिनोस डट लाइभ (bambinos.live)सँग सम्झौता गरेर नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय ब्यबहारिक शिक्षा प्रदान गर्न सुरु गरेको छ । यसमा सार्वजनिक रुपमा वक्तृत्वकला, रचनात्मक लेखन, अबाकस, कला, संगीत, नैतिक शिक्षा, फिटनेस शिक्षा जस्ता विधाहरुलाई लक्षित गरेर सयभन्दा बढि कोर्सहरु समावेश गरिएको छ । ब्याम्बिनोस डट लाइभ सन् २०२० मा अतिरिक्त शिक्षाका लागि स्थापना गरिएको डिजिटल एकेडेमी हो । यो डिजिटल एकेडेमी ३ देखि १५ वर्ष सम्मको बालबालिकालाई केन्द्रित गरेर विकास गरिएको छ ।

अहिले कोभिड १९ को महामारीको समय भएको कारणले बालबालकाहरु बिच खासै अन्र्तक्रिया नहुने हुँदा यो वैकल्पिक माध्यम प्रभावकारी हुने जनाइएको छ । धेरै जसो राम्रो विद्यालयहरुले अतिरिक्त शिक्षामा ध्यान दिन थालेका छन् तर धेरै निजी तथा सार्वजनिक विद्यालयहरु यो पक्षमा अझै पनि कमजोर रहेको पाइएको छ । सम्पूर्ण ज्ञानले मात्रै अहिलेको कठिन समयमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले यही कुराको मध्यनजर गर्दै यो पाठ्यक्रम विकास गरिएको हो।
पछिल्लो समय भारत र अन्य देशहरुमा शिक्षामा केन्द्रित प्रविधि एडु टेक स्टार्टअपले राम्रो सफलता र प्रख्याती पाएको छ । यस डिजिटल एकेडेमीको प्रयोग तिस हजार जना विद्यार्थीहरुले गरिरहेका छन् । कम्पनीले १०० भन्दा बढि प्रोग्रामहरु राखेको छ जसमा पाठ्यक्रमको शिक्षालाई सहयोग पुग्ने अतिरिक्त तर अत्यावश्यक विषयहरुलाई समेटेको छ । यस प्लाटफर्मले विश्वकै राम्रो, गुणस्तरीय कन्टेन्ट र शिक्षकहरु उपलब्ध गराइरहेको छ ।

इ–लर्निङको यस प्लाटफर्मले विद्यार्थीहरुलाई विषय विज्ञ व्यक्तिहरुबाट अध्ययनको मौका प्रदान गर्ने गर्दछ र विद्यालय तथा विद्यालय भन्दा बाहिर पनि राम्रो प्रस्तुती दिन मद्दत पुर्याउछ । भविष्यमा रोजगार र यसको क्षेत्रमा अहिलेको भन्दा धेरै परिवर्तन आउने देखिन्छ र शैक्षिक सफलताले मात्रै नपुगेर अतिरिक्त शिक्षाको पनि ज्ञान हुनुपर्ने देखिन्छ । बालबालिकाले अतिरिक्त क्रियाकलाप, व्यक्तित्व र प्रभावकारी सञ्चारको माध्यमले आफूलाई क्षमतावान सिद्ध गर्नुपर्ने देखिन्छ । यही कुरालाई मध्यनजर गर्दै ब्याम्बिनोस डट लाइभले डिजिटल एकेडेमी ल्याएको कम्पनीले दाबी गरेको छ ।

विद्यालयहरुको यो कमीलाई ब्याम्बिनोस डट लाइभले गुणस्तरीय प्रोग्रामलाई १ः५ को अनुपातमा एकदमै राम्रो शिक्षकहरुको माध्यमले सिकाउने गरेको छ । यसमा उपलब्ध कोर्सहरु अनुसन्धानमा आधारित रहेका छन् ।

यो महामारीले विद्यार्थीहरुलाई पाठ्यपुस्तक बाहिरको संसारलाई पनि नियाल्ने अवसर दिएको छ । परम्परागत शिक्षण प्रणाली र अनलाइन अन्तरक्रियात्मक शिक्षण प्रणालीको मिश्रणले विद्यार्थीहरुको जन्मजात प्रतिभालाई झनै तिखार्न मद्दत पु¥याउँने विश्वास लिन सकिन्छ ।

यस डिजिटल एकेडेमीले ३ देखि १५ वर्ष सम्मको बालबालिकालाई स्कुल पछिको क्रियाकलाप जस्तै ट्युसन, अतिरिक्त क्रियाकलाप, आफ्नो रुचीहरु पुरा गर्नलाई अझै मद्दत पुर्याउने गर्दछ । घरमै बसेर विभिन्न रमाइलो तथा ज्ञानवद्र्धक कुराहरु सिकाउन ब्याम्बिनोसले काम गरिरहेको छ । विद्यार्थीहरुले आफ्नो प्रगतिलाई ट्रयाक पनि गर्न सक्छन् ।

डिजिटल एकेडेमीमा विद्यार्थीहरु लाइभमानै साथीहरुसँग र शिक्षकसँग अन्र्तक्रिया गर्न सक्दछन् जसले पठनपाठनलाई अझै सहज बनाउने गर्दछ । त्योसँगै कम्पनीले १० भन्दा बढि देशहरुमा सेवा दिदै आएको हुँदा प्रयोगकर्ताहरुले विभिन्न देशका साथीहरुसँग अन्र्तक्रिया गर्न पाउनेछन् । यो प्लेटफर्ममा जोडिन तपाईले ब्याम्बिनोसमा गएर अकाउन्ट बनाउनुपर्ने हुन्छ । त्यहाँ लगइनमा क्लिक गरेर माथिल्लो दायाँ भागमा रहेको बटनमा थिचेर सदस्यको रुपमा रेजिस्टर गर्न सकिन्छ । त्यहाँ कक्षा सेलेक्ट गरेर अनलाइन क्लास बुक गर्न सकिन्छ । सुरुवातको दुई ओटा डेमो कक्षा निःशुल्क नै हुने गर्दछ ।

कक्षा वान टू वान वा समूहमा राख्दा चार÷पाँच जना राखेर अध्ययन गराइने गरिन्छ । यसले गर्दा धेरै विद्यार्थीहरुले कक्षाको राम्ररी फाइदा उठाउन सक्छन् । यस प्रणालीमा एजुकेटरहरुले विद्यार्थीको सम्पूर्ण पृष्ठभूमि रिभ्यू गर्ने गर्दछन् र विद्यार्थीलाई उपयुक्त हुने पठनपाठन सामाग्रीहरु प्रयोग गर्ने गर्दछन् । बच्चाले उच्चतम शिक्षा पाउने कम्पनीले दावी गर्दछ । तपाइले बुक गरेको कुनै पनि कक्षा रद्द गर्न, कक्षा सुरु हुनु ४ घण्टा अघि क्यान्सिल गर्नुपर्ने हुन्छ । यस प्लेटफर्मका शिक्षकहरुको रेटिङ ५ मा ४.८ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x