हेल्थ एट होमले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइज गर्दै सबैमा पहुँचमा पुर्याउने
काठमाडौं, १४ भदौ । घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा.लिले बिजनेस अक्सिजन प्रा.लि.मार्फत बैदेशिक लगानी भित्र्याउन सफल भएको छ । स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने उदेश्यले हेल्थ एट होमले बैदेशीक लगानी भित्र्याएको जनाइएको छ।
लगानी आएसँगै घरघरमा पुगेर सेवा गर्ने कार्य आम मानिसको पहुँचमा पुग्ने विश्वास गरिएको छ । साथै नयाँ लगानीले जनशक्ति विस्तार र रोजगारी सिर्जनामा पनि नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ । १२ वर्ष अगाडी डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होम मार्फत करिब १० हजार भन्दा बढि घरले स्वास्थ्य सेवा लिइरहेका छन् । हेल्थ एट होममा हाल ४ सय जना भन्दा बढि स्वास्थ्यकर्मी समेत कार्यरत छन् भने हेल्थ एट होमले घरमै पुगेर विरामीको उपचार गर्ने, ल्याव टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको बताइएको छ।
देशव्यापी सञ्जाल बनाउने उदेश्य राखेको हेल्थ होमले उपत्यका बाहिर तीनवटा शाखा मार्फत समेत आफ्नो सेवा दिँदै आएको जनाइएको छ। हेल्थ एट होमले विभिन्न किसिमका अन्तराष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भएको बताइएको छ।