Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अर्थमन्त्री शर्माले आफ्नो टिमलाई पूर्णता दिए

अर्थमन्त्री शर्माले आफ्नो टिमलाई पूर्णता दिए

काठमाडौं, १४ भदौ । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो टिमलाई पूर्णता दिएका छन् । अर्थ मन्त्रालयको राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण, महालेखा नियन्त्रकको सचिव सुमनराज अर्याल र अर्थसचिव मधुकुमार मरासिनी छन् ।

यसअघिका अर्थसचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने राजस्व सचिव रामशरण पुडासैनीले भने अवकाश पाएका हुन ।

मन्त्री शर्माले तीनै जना सचिवहरुको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिएका छन् । वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समुुचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवहरुबाट आ–आफ्नो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास उनको छ ।

अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरुमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरुले काम गरेको ठहर्ने भएकोले सोही अनुसार खटिनुपर्नेमा जोड दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x