एसबिआई बैंक र आईसिएफसी फाइनान्सबीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता
काठमाडौं, १४ भदौ । नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउने भएको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
यस सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट, लोकल बैंक ग्यारन्टी आदी सुविधा उपलब्ध हुनेछ ।