Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नबिल बैंकद्वारा राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिकासँग सम्झौता

नबिल बैंकद्वारा राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिकासँग सम्झौता

काठमाडौं, २५ भदौ । नबिल बैंकले राष्ट्रिय युवा परिषद्, पञ्चेश्वोर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ । उक्त सम्झौता राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा भएको हो । सम्झौता पत्रमा नबिल बैंकको नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वोर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।

युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका बैंकले उक्त सम्झौता गरेको बताएको छ । समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x