Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

जीडीपीको अनुपातमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घट्यो, कर्जा प्रवाह बढ्यो

जीडीपीको अनुपातमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घट्यो, कर्जा प्रवाह बढ्यो

काठमाडौं, २६ भदौ । चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन कुल गार्हस्थ्य उत्पादन ( जीडीपी)को अनुपातमा अघिल्लो महिनाको तुलनामा घटेको छ भने कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो महिना बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन जीडीपीको अनुपातमा १११.१० प्रतिशत रहेकोमा साउनमा घटेर १०९.३८ प्रतिशत रहेको छ ।

यसैगरी गत असारमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह जीडीपीको अनुपातमा ९७.८६ प्रतिशत रहेकोमा साउनमा बढेर ९९ प्रतिशत पुगेको छ ।

अघिल्लो महिना वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको गरी कुल निक्षेप संकलन ४७ खर्ब ४० अर्ब रुपैयाँ रहेको थियो भने कुल कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रुपैयाँ भएको थियो । साउनमा भने कुल निक्षेप संकलन ४६ खर्ब ६६ अर्ब र कर्जा लगानी ४२ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अनुमानित जीडीपी ४२ खर्ब ६६ अर्ब रुपैयाँलाई आधार मानेर उक्त अनुपात निकालिएको हो ।

गत साउनमा वाणिज्य बैंकको मात्रै कर्जा निक्षेप संकलन जीडीपीको अनुपातमा ९६.७० प्रतिशत रहेको छ । यस्तै विकास बैंक र वित्त कम्पनीको क्रमशः १०.५६ प्रतिशत र २.१२ प्रतिशत रहेको छ । यस्तै जीडीपीको अनुपातमा कर्जा प्रवाहतर्फ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको क्रमशः ८८.२० प्रतिशत, ९.१५ प्रतिशत र १.६५ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *