गरिमा विकास बैंकका ग्राहकलाई ‘द एभरेष्ट होटल’मा १५ प्रतिशत छुट
काठमाडौं, २६ भदौ । गरिमा विकास बैंक र काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’बीच सम्झौता भएको छ । होटल र बैंकबीच होटलले उपलब्ध गराउने सेवा सुविधामा छुट दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले एभरेष्ट होटलबाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट पाउनसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।