५ लाखसम्मको बिजुली बिल खल्ती मोबाइल वालेटबाट तिर्न सकिने

काठमाडौं, २६ भदौ । खल्ती वालेट र नेपाल विद्युत प्रधिकरणबीच ५ लाख रुपैयाँसम्मको विद्युत महसुल खल्तीबाट तिर्न सहजीकरण गर्ने गरी सम्झौता भएको छ । सर्वसाधारण, साना, मझौला तथा ठूला उद्योगहरुको सहजताका लागि उक्त सम्झौता भएको बताइएको छ ।
सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवाल र खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन् ।

खल्ती एप को होमपेजमा रहेको ‘इलेक्ट्रिसिटी’ आइकनमा गई सम्पूर्ण विवरण दाखिला गरिसकेपछि ‘गेट डिटेल्स’ बटनमा ट्याप गरी बिहान १० देखि मध्यरात १२ बजे सम्म सजिलै विद्युत महसुल भुक्तानी गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *