Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

होटल पवेराको आन्तरिक पर्यटक लक्षित प्याकेज सार्वजनिक

होटल पवेराको आन्तरिक पर्यटक लक्षित प्याकेज सार्वजनिक

काठमाडौं, २६ भदौ । काठमाडौंको बुढानिलकण्ठ स्थित होटेल पवेराले आन्तरिक पर्यटकहरुका लागि अतिरिक्त सुविधा सहितको आकर्षक प्याकेजहरु ल्याएको छ । कोरोना भाइरस संक्रमणका कारण शिथिल बनेको नेपालको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकको माध्यमबाट चलायमान बनाउन होटलले विभिन्न आकर्षण प्याकेजहरु ल्याएको हो ।

होटलले वेलकम ड्रिङ्गस, अन्तर्राष्ट्रिय ग्रिल परिकार र रोष्ट बारबेक्यू त्यसैगरी राष्ट्रिय बारबेक्यू, सेकुवा, छोइला र स्वादिष्ट मः म लगायतका परिकारको व्यवस्था गरेको छ भने बुफे डिनरका साथमा भारतका प्रसिद्ध मिठाईका परिकारहरुको व्यवस्था गरेको जनाइएको छ। यस्तै होटलले यसैसाता देखि आफ्ना प्याकेजहरुमा २५ सय रुपैयाँको सुइमिङ्गपूलको साथसाथै शुक्रबार बेलुकीको समयमा ६ बजेदेखि ९ बजे सम्मका लागि क्यान बियर र असिमिति बारबेक्यूको व्यवस्था गरेको जनाएको छ। यस्तै शनिवार बिहानको समयमा ९ देखि १२ बजेसम्म ब्रेकफास्ट र सुइमिङ्गपूलको पनि व्यवस्था गरेको छ ।

‘यो केवल हाम्रो नयाँ होटल व्यवसाय मात्र होइन सम्पूर्ण होटल र पर्यटन व्यवसायमै नयाँ आयामको साथै नेपालको मुटु काठमाडौंको पवित्र धर्मस्थल बुढानिलकण्ठको पहिचान पनि हो । यो बुटिक होटेलले पर्यटन बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ र अत्याधुनिक बनाएको छ भने अर्को तर्फ यसले हाम्रो उत्कृष्टतालाई कायम राख्दै आफ्ना ग्राहकप्रतिको अटुट प्रतिबद्धतालाई पनि पुनः एकपटक प्रमाणित गर्ने छ ।’ होटलका संचालक राधेश्याम थापाले भने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x