Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमी आर्थोप्लाष्टिको सफल शल्यक्रिया

९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमी आर्थोप्लाष्टिको सफल शल्यक्रिया

काठमाडौं, २८ भदौ । ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा ९७ वर्षको एक वृद्धामा हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल रुपमा गरिएको छ। ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लास्टी अर्थात् हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो।

अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हार्इ केयरमा राखेर हिमीआर्थोप्लास्टीको शल्यक्रिया गरेको थियो। ‘९७ वर्षको वृद्धा त्यही पनि मुटु रोगले ग्रस्त, हामीले उच्च सावधानी अपनाएर उनको शल्यक्रिया सफल रुपमा गरेका छौं,’ चिकित्सक अमात्यले भने, ‘यो दुलर्भ नै हो।’

उनका अनुसार चिकित्सकहरुले वृद्धा र मुटु रोगीहरुलाई यस्तो शल्यक्रिया गर्न सुझाव नै दिँदैनन्। शाहीको परिवारले पनि हिप फेर्न हामीलाई अनुरोध गने, ‘हामीले शल्यक्रियाका जोखिमहरुबारे उहाँहरुलाई जानकारी दिएका थियौं,’ चिकित्सक अमात्यले भने, ‘शल्यक्रियाका लागि अनुमति दिएपछि हामीले हिप फेर्ने काम सफल रुपमा गर्यौं।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *