Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मञ्जुश्री फाइनान्सको तीन शाखा सञ्चालनमा , शाखा संजाल पुग्यो १५

मञ्जुश्री फाइनान्सको तीन शाखा सञ्चालनमा , शाखा संजाल पुग्यो १५

काठमाडौं, २८ भदौ । मञ्जुश्री फाइनान्स लिमिटेडले एकैपटक तीन शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो बाह्रौं, तेह्रौं, चौधौ र पन्ध्रौं शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम, र भैरहवामा आफ्नो कारोबार शुभारम्भ गरेको हो ।

फाइनान्सको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले नयाँ शाखा कार्यालयको उद्घाटन गरे । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र विरगञ्ज मा ११ वटा शाखा रहेका थिए भने अब थप ४ सहित शाखा संख्या १५ पुगेको छ ।

२०७८ साल अषाढ मसान्तसम्ममा ९६ करोड ५३ लाख चुक्ता पुँजी रहेको एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाइनान्सले ८. ९१ अर्ब निक्षेप संकलन गरी ७.९५ अर्ब कर्जा परिचालन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x