नबिल ब्यालेन्स्ड फण्ड–३ को इकाइमा मागभन्दा बढी आवेदन
काठमाडौं, २९ भदौ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘नबिल ब्यालेन्स्ड फण्ड–३ को इकाइमा माग गरिएभन्दा बढी आवेदन परेको छ । कम्पनीले विक्रीमा ल्याएको इकाइमा सर्वसाधारण १ लाख ४ हजार ७७९ जना (प्रमाणित हुन बाँकी समेत गरी) आवेदकहरुबाट १२ करोड ६२ लाख ५५ हजार ४० इका खरीदका लागि आवेदन परेको छ । यो विक्रीक लागि माग गरिएको आवेदनभन्दा २५ प्रतिशत बढी रहेको नवबल इन्भेष्टमेन्ट बैंकिङले बताएको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले प्रति इकाइ १० रुपैयाँको दरमा बिक्रीमा ल्याएको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल विक्री भएको इका संख्याको न्युनतम १४ प्रतिशत इकाइ कोष प्रवर्द्धक नबिल बैंक र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्लाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइका लागि सार्वजनिक निष्काशन गरेको थियो ।