दशैंको अवसरमा सांग्रिलाको नयाँ ब्याजदर
काठमाडौं, २ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले व्यक्तिगत मुद्धति निक्षेपमा १० प्रतिशत ब्याज भुक्तानी गर्ने सार्वजनिक गरेको छ ।
बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्धति निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो ।
बैंकले दशैं जस्ता महान पर्वको अवसरमा ०.५ प्रतिशत प्रिमियम समेत थप्न मिल्ने मुद्दति निक्षेप योजना सार्वजनिक गरिएको बताएको छ । अब व्यक्तिगत मुद्धति खातामा निक्षेप राख्नेले वार्षिक १० प्रतिशतसम्म ब्याज पाउने छन् ।
यसका साथै बैंकले संस्थागत मुद्धति पनि ९.५ प्रतिशत वार्षिक ब्याजदरको अफर सार्वजनिक गरेको छ ।