Date

बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

इसेवा मनि ट्रान्स्फरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्बजनिक

इसेवा मनि ट्रान्स्फरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्बजनिक

काठमाडौं, ६ असोज । इसेवा मनि ट्रान्स्फरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्बजनिक गरेको छ । यस योजना अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभि तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटर जित्न सकिनेछ ।

यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सय भन्दा बढि मुलुकबाट इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउनुपर्ने जनाइएको छ। यस्तै इसेवा मनिका नेपालभर रहेका ८ हजार बढि एजेन्ट नेटवर्क मार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

यस योजनामा ६० जनाले मिक्सर, ८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टिभि र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्न सकिनेछ । यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x