Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

एनआरएनए अध्यक्षमा रविना थापाको उमेदवारी घोषणा

एनआरएनए अध्यक्षमा रविना थापाको उमेदवारी घोषणा

काठमाडौं, ७ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी अध्यक्षमा रविना थापाले उमेदवारी घोषणा गरेकी छिन् । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी थापाले अध्यक्षमा उमेदवारी घोषणा गरेकी हुन् ।

उनले विदेशमा काम गर्न जने नेपाली र विदेशमा व्यवसाय गरेर बस्ने नेपालीहरुलाई जोड्न र नेपालमा लगानी अविवृद्धि गर्नका लागि आफूले उमेदवारी दिएको बताइन् । साथै, पञ्जिकृत एनआरएनएका सदस्यहरुलाई विदेशमा बसेरै अनलाइनबाट भोट हाल्न सक्ने व्यवस्था आफ्नो कार्यकालमा गर्ने उनको भनाइ छ । आफ्नो उमेदवारी कुनै पनि हालतमा फिर्ता नहुने थापाले बताइन् ।

एनआरएनएको हाल उपाध्यक्ष रहेकी थापा अमेरीकामा बस्दै आएकी छिन् । उनको टिममा उपाध्यक्षमा जय पि गुरुङ र महासचिवमा विनय अधिकारीले उमेदवारी घोषणा गरेका छन् ।

यसअघि कुल आचार्यले गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबजारमा पत्रकार सम्मेलन गरी आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने बद्री केसीले पनि अध्यक्षमा आफूले उमेदवारी दिने बताउँदै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *